देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान, २ पक्राउ

काठमाडौं । सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख कमल थापाले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ।

हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको थियो। प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ। दुवैतर्फबाट १०/१२ राउन्ड फायरिङ भएको थियो।

पिन्टु र राजेश भनिने दुई जनालाई घाइते अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। समूहका अन्य पनि घाइते हुन सक्ने भन्दै प्रहरीले उनिहरुको खोजी गरिरहेको छ। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको छ।

Loading...