वलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिशेखलाइ कोरोना संक्रमण

काठमाडौँ । वलिउडका चर्चित अभिनेता अमिताभ वच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

वलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने बाँकी परिवारकाे परिक्षण रिपाेर्ट अाउन बाँकी रहेकाे बताइएकाे छ । दुवैलाई संक्रमण देखिए लगत्तै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

अमिताभले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्। उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन्।

संक्रमणको आशंकामा जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि परीक्षण भएको छ । उनीहरुको रिपोर्ट भने आएको छैन । जया र ऐश्वर्याको रिपोर्ट आइतबार आउने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले समाचार संस्था एएनआईलाई जानकारी दिएका छन् ।

जया र ऐश्वर्याको आकश्मिक रुपमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको भए पनि पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र सो नआउँदासम्म केही भन्न नसकिने उनले बताएका छन् ।
७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमाहरुमा काम गरिसकेका छन्।

Loading...