सप्तकोशीको वहाव खतरा स्तर पार गर्यो, कोशी ब्यारेजका ३८ ढोका खोलियो

सुनसरी, २६ असार । पानीकाे वहाव उच्च बनेपछि काेशी ब्यारेजका ३८ वटा ढाेका खाेलिएकाे छ । बिहीबारदेखि परेकाे पानीका कारण सप्तकाेशीमा पानीकाे सतह निकै बढेकाे छ । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेकाे छ ।

पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बगिरहेकाे छ । काेशी व्यारेजमा ५६ वटा ढाेका रहेका छन् । पानीकाे वहावले खतराकाे संकेत पार गरे पनि अहिलेसम्म ३८ वटा ढाेका मात्र खाेलिएकाे छ ।

यसैबीच स्थानीय प्रशासनले सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन अाग्रह गरेकाे छ । ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएकाे थियाे । त्यसपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि अहिले दबाब बढदै गएको छ ।

बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीले जनधनको ठूलाे क्षति पुर्याएकाे छ ।

Loading...