भारतीय मिडियाले पीत पत्रकारिताको निकृष्ठ नमूना देखाए: पत्रकार महासंघ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार पीत पत्रकारिताको नमुना भएको महासंघले टिप्पणी गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गर्दै जी न्युजले प्रेसको विश्वव्यापी मान्यताविपरीत सामग्री प्रसारण गरेको बताएका छन् ।

महासंघले भारतीय सञ्चारमाध्यमले प्रसारण गरेको अनर्गल र बकवासपूर्ण प्रचारप्रसार गरेको भन्दै त्यस सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Loading...