एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल

काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ ।

हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

होटलमा बसिरहेका नेपाल एयरलाइन्सका उडान सदस्यदलका सात जनामा कोरोना संक्रमण देखिएको र थप सात जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएको छ। संक्रमित भएकाहरुमा पाइलट र को पाइलटसमेत रहेका छन्।

नेपाल एयरलाइन्सले यो घटनाले आफ्ना उडानहरु प्रभावित नहुने जनाएको छ। स्रोतका अनुसार संक्रमितहरुलाई होटलको कोठामा ‘आइसोलेट’ गरेर राखिएको छ।

Loading...