मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत

काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए ।

प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए । उनले अाफू र राष्ट्रपतिका विरुद्ध षड्यन्त्र भएकाे भन्दै ‘बाइस्टेप’ नियन्त्रण गर्नुपर्ने हुन सक्ने चेतावनी पनि दिए । प्रधानमन्त्रीकाे याे प्रस्तुतिले उनी संकटकाल लगाउने तयारी त गर्दै छैनन भन्ने अनुमान गर्न थालिएकाे छ । अाेलीले राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको संकेत गरे ।

बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुअघि हतार हतार शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीका बीचे के कुराकानी भयाे भन्ने केही खुलाइएकाे छैन । तर, साे भेट लगत्तै मन्त्रीहरुका सामु उनकाे प्रस्तुतिले कतै केही गम्भीर स्टेप चाल्दैछन कि भन्ने अनुमान गरिएकाे छ । प्रम अाेलीले संकटकाल लगाउन सक्ने, पार्टी फुटाउने विधेयक ल्याएर नयाँ पार्टी घाेषणा गर्नसक्ने, संसद विघटन गर्नसक्ने लगायतका चर्चा केहीदिन यता चल्दै अाएका छन् । अाफू पार्टी अध्यक्ष हुँदा हुँदै पनि उनले पार्टीमा कुनै छलफल गर्न चाहेका छैनन । उनी पार्टीलाइ पूरै लत्याएर अघि बढिरहेकाे देखिन्छ । उनमा पार्टीका अरु नेताहरुप्रति तीब्र अाक्राेश बढेकाे र उनी अरु कसैकाे कुरा रत्तिभर नसुन्ने मनस्थितिमा पुगेकाे देखिन्छ ।

शनिबार अबेर बालुवाटारमा बाेलाइएकाे मन्त्रीहरुसँगकाे छलफलमा पनि उनले अरु मन्त्रीकाे कुरा त्यति सुन्न चाहेनन् । केवल अाफ्नाे एक खालकाे चेतावनीपूर्ण केही संकेतहरु मात्र प्रस्तुत गरे । साथै मन्त्रीहरुलाइ कित्ता छुट्याउन चेतावनी दिए । प्रमले त्यसखालकाे अभिव्यक्ति दिइरहँदा मन्त्रीहरु घनश्याम भुषाल र वर्षमान पुनले केही बाेल्न खाेजे । तर, प्रमले उनीहरुकाे कुरा पनि त्यति रुचीपूर्वक नसुनेकाे स्राेतकाे भनाइृ छ । मन्त्रीहरुकाे कुरामा रुची नदेखाएका प्रमले केही अरु मन्त्रीहरु पनि बाेल्न खाेजेकाे देखिएपछि ‘ल ल अब आजको छलफल यति नै’ भन्दै छलफल नै सके ।

Loading...