बालकृष्णको गिरफ्तारी विरुद्ध विप्लव आक्रोशित, नेकपाले आन्दोलन गर्ने

काठमाडौं, १५ कार्तिक । माअाेवादी अान्दाेलनका नेता बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गर्ने भएकाे छ ।

बृहत शान्ति सम्झाैता विपरित सरकारले ढुङ्गेललार्इ गरेकाे भन्दै नेकपाले त्यसका विरुद्ध अान्दाेलन गर्ने जनाएकाे छ । विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको नेतृत्वमा हुने प्रदर्शनमा सहभागिताको लागि परिवर्तनकारी पक्षसँग नेकपाले अपील समेत गरेको छ ।

ढुंगेलको गिरफ्तारी लगत्तै पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर झुठा मुद्दा तत्काल खारेज गरी रिहा गर्न चेतावनी दिएका थिए । महासचिव विप्लवले गिरफ्तारीले जनयुद्धको नेतृत्व गर्ने नेता, कार्यकर्ता र जनयुद्धलाई साथ दिने श्रमिक जनतालाई आक्रोशित तुल्याएको भन्दै ढुंगेललाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।

साथै जनयुद्ध र जनआन्दोलनमा महत्वपूर्ण योग दिने व्यक्तिलाई व्यक्ति हत्यामा दोषी बनाई जेल हालेर देशमा प्रतिक्रान्ति लाद्ने काम दलाल संसदवादीहरुले गरेको भन्दै बेवास्त गरेर प्रतिक्रान्तिकारी दमन जारी राखिन्छ भने राज्य र यसका संचालक सबैखाले दलालहरुले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी समेत विप्लवले दिएका थिए ।

Loading...