नेपाल बक्सिङ्ग संघले भन्यो ‘संघमा कुनै अनियमित भएको छैन ’

काठमाडौँ। नेपाल बक्सिङ्ग संघले संघमा कुनै अनियमित नभएको बताएको छ। संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गरि कुनै संचारमाध्यममा संघमा आर्थिक अनियमितता भएको ,बिधान मिचिएको , बक्सिङ्गको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशन भएकोप्रति संघको गम्भर ध्यान आकर्षण भएको भन्दै प्रकासित समाचारमा कुनै सत्यता नभएको बताएको छ। संघले जारि गरेको बिज्ञप्तिमा भनेको छ -‘ कुनैपनि संघ सस्थाको आर्थिक तथा अन्य गतिबिधिमा राज्य तथा सरोकारवाला निकायहरुको निगरानी अपरिहार्य रहने र नेपाल बक्सिङ्ग संघ स्वायत्त संघ भए पनि संघको हरेक गतिविधि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय खेलकुद परिषदको निर्देशन सहयोग र सुझाब रहदै आएको छ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिकास ऐन अन्तर्गत गठित नेपाल बक्सिङ संघका आर्थिक लगायत सम्पूर्ण गतिबिधिहरु पारदर्शी छन् । यस सम्बन्धमा सघं जहिले पनि खुला छ, हरेक पक्षको सत्य–तथ्य जानकारी दिन हामी तयार छौं ।
पत्रकार मित्रहरु, जहाँ सम्म बक्सिङ खेलको स्तर खुम्चिएको भन्ने सम्बन्धमा रेकर्ड आफै बोल्छ । गएको १२औ दक्षिण एशियाली खेलकूदमा ३ वटा काश्य पदक मात्र जितेको थियो भने यस कार्यसमितिको पालामा काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ बर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदकको साथ दुई दर्जन भन्दा बढि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराई सन २०१० देखिको अन्तर्राष्ट्रीय पदकको खडेरीलाइ तोड्दै ९ स्वर्ण,२ रजत,र २ कास्य जीत्नुको साथै अन्य प्रिमिलरि राउन्डमा क्यामरून,लावस, अफगानिस्तान, पाकिस्तान, ताईवान, सिंगापुर र सर्विया जस्ता देशहरू माथि जित निकाल्दै राष्ट्रको गरिमा बढाउन सक्षम भएको सम्पूर्ण माझ सर्वबिबितै छ भर्खरै मात्र जोर्डनमा सम्पन्न भएको टोकियो ओलम्पिक २०२० एशिया आशियान ओलम्पिक क्वालिफाइङ बक्सिङ्ग मा ऐतिहासिक जीत हासिल गर्न सफल हुदै समग्र दक्षिण एसियाकै भारत पछि दोश्रो बक्सिङ्ग पावर हाउसको रूपमा उदय भइरहेको नेपाल बक्सिङ संघलाई यस प्रकारको झुठो समाचारले अवस्य पनि सहयोग गर्दैन ।
बक्सिंगको प्राविधिक विकासमा पनि प्रथम पटक AIBA ONE STAR रेफ्रि/जर्ज प्रशिक्षण कोर्ष संचालन गरी १८ जना नेपाली रेफ्रि जर्जहरुलाई अन्तर्राष्ट्रीय मान्यता प्राप्त गराउन सफल भएको छ ! AIBA को मापदण्ड अनुरूप नेपाली प्रशिक्षकहरूलाई AIBA 1,2 र 3 स्टारको प्रशिक्षकको दक्षता हासिल गराउन सफल हुनुको साथै पहिलोपटक नै AIBA certified ringside Doctor को स्वदेसमै व्यवस्थापन गर्न सक्षम भएका छौ। विश्व बक्सिंगको पावरहाउस मानिएका राष्ट्रहरु काजकास्तान र उज्वेकिस्तानबाट प्रशिक्षक झिकाई हालसम्म नेपाली बक्सिंग टिमलाई प्रशिक्षण दिइरहेका छौ।
यस अघि संघबाट स्पष्टिकरण सोधिएका केहि पदाधिकारीहरु र बक्सिंगको विकास नचाहने व्यक्तिहरुको भनाइलाई आधार मानी प्रकाशित त्यस्ता खाले भ्रम फैलाउने झुठा समाचारले खेलाडी,प्रशिक्षकको मनोबल गिराउने काम गर्छ ।अत; यहाँहरुको प्रतिष्ठित मिडियाले जनताको सहि सुचना पाउने मौलिक हकलाई आत्मसात गर्दै सत्य तथ्य र निष्पक्ष सुचना तथा समाचार सम्पादन सम्प्रेषण गरी बक्सिङ विकासमा सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु ।
सदा झै राष्ट्रिय खेलकुद परिषद्को नियमावली एवं दिग्दर्शन, प्रचलित नेपालको कानुन र राष्ट्रिय खेलकुद परिषद्को निति निर्देशनको अधिनमा रहि बक्सिङ खेलको बिकास र बिस्तार गर्न हामी प्रतिबद्ध छौ । ’  

Loading...