राजधानी छिर्न तीन नाकाबाट आएका ३९० सवारी साधन फिर्ता पठाइयो, ७२ सवारी नियन्त्रणमा

काठमाडौं । विभिन्न तीन नाका प्रयाेग गरेर राजधानी छिर्न खाेज्ने ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। त्यसैगरी ७२ वटा सवारी साधनलाइृ नियन्त्रणमा लिएकाे छ। उपत्यका बाहिरका जिल्लाबाट नागढुंगा, जगाती र फर्पिङ नाका हुँदै बुधबार राजधानी छिर्न खाेजेका ती गाडीलाइ फर्काइएकाे हाे । 

प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो। मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ।

यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी साधनलाई फिर्ता पठाएको हो।

सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएको छ। लकडाउन खुकुलाे भएपनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन।

Loading...