आफ्नै खेतमा धान लगाउन खोकनाका किसान भन्छन, ‘सरकार कि रोपाई गर्न दे, नभए मारी दे’ (भिडियो)

 

काठमाडौं उपत्यकाभित्रको  दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती खोकनाका किसानहरु पनि सोमबार दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान रोप्न थाले ।

यहाँको रौनक नै बेग्लै थियो । पानी पनि पर्दै थियो । तैपनि पानीको पर्वाह नगरी कोही धान रोप्दै थिए त कोही धिमेय्, भुस्याः लगायतका परम्परागत बाजा बजाउँदै थिए ।

खोकनाका किसानहरु धान रोप्दै गर्दा त्यहाँ प्रहरी आइपुग्यो र रोपाईँमा अवरोध गर्न थाल्यो । यो रोपाईँमा किसानहरु खुसियाली भने थिएन । यो एउटा आक्रोश थियो, विरोधको स्वरुप थियो । 

फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको थियो । काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । 

खेती योग्य जमिन मास्न नपाइने अथवा जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन् । सरकारले यो क्षेत्रका जग्गा धनीलाई क्षतिपुर्ति दिने भनेपनि कौडीको भाउमा जग्गाको मूल्य तोकेको स्थानीय किसानको भनाई छ । 

प्रति आना १० लाखको हाराहारीमा मूल्य रहेको ठाउँमा सरकारले प्रति आना १ लाख ३० हजार मात्र तोकेको बताइएको छ । खोकनावासीले आफ्नो पेट पाल्ने माध्यम बनेको जमिन विना क्षतिपुर्ति खोस्न नपाइने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । 

यसैक्रममा सरकारले खेती गर्न रोक लगाएको खेतमा किसानहरुले धान रोपेर विरोध प्रदर्शन गरेका हुन् ।

सो अवसरमा स्थानीय किसान महिला पुरुषको साथमा बालबालिका र जनप्रतिनिधि समेत धान रोप्न खेतमा पुगेका थिए । प्रहरीको अवरोधकै बीच स्थानीयले खेत जोतेर धान रोपेका थिए ।

यसैक्रममा केही वेर स्थानीय किसान र प्रहरीवीच झडपको स्थिती समेत बनेको थियो । खोकना जनसरोकार समितिले मंगलबार पनि सोहिस्थानामा रोपाईँलाइ निरन्तरता दिएको छ । सोबार दर्जनौ प्रहरीको घेरामा अवरिधका बीच रोपाई पछि मंगलबार लितपुर जिल्ला प्रशासनले बार्ताकालागी पिडित लाइ बोलाएकोमा किसानले अदालतमा मुद्दा नसकिएको कारण जिल्ला प्रशासन जान आवश्यक नरहेको भन्दा रोपाईलाइ निरन्तरता दिएको अभियानता तथा सडक विस्तार संघर्ष समितिका अध्क्षय सुमन सयेमिले बताए ।

Engineering छोडेर आएको छु , पैसा छैन के म suicide गरुम ? कि मलाई मार ?

Posted by Hamro jatra on Monday, June 29, 2020

 

खोकनामा प्रहरी दमन !आफ्नै भूमिमा रोपाई गर्न प्रहरीले रोक लगाउन खोजे । सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई खोकनामा पुग्न आव्हान !!!source: krishna manandhar

Posted by Hamro jatra on Monday, June 29, 2020

Loading...