डिम्याट खाता अब घरबाटै खोल्न सकिने

काठमाडौं । नेपालमा सबैभन्दा धेरै सेयर कारोबार गर्ने सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ।

सेमी लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ।

‘केवाइसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै खाता खोल्न सक्ने छन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

खोलिएको डिम्याट खाता तीन महिनाभित्र प्रमाणिकरण गराउनु पर्ने र नभए खाता फ्रिज हुने पनि कम्पनीले स्पष्ट पारेको छ।

Loading...