डिप बोरिङ खानेपनि ट्याकी र वाटर फिल्टर प्लान्ट निर्माण बाट ५ हजार लाभाम्वित हुने

काठमाडौँ । खानेपानी समस्या बात बर्षौ देखि सास्ती भोगिरहेका काठमाडौं महानगरपालिका १९ का स्थानीयवासी हैरानी बात मुक्त हुने भएको छ ।

 प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको हो । शनिबार एक कार्येक्रम बीच काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद् जीवनराम श्रेष्ठ, प्रदेश सांसद् राजेश शाक्य र काठमाडौं महानगरपालिका– १९ का वडाअध्यक्ष शशिलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सांसद् शाक्यका अनुसार चालू आर्थिक वर्षमा रिर्जभ भ्वाएर ट्रंयाकी बन्ने छ । त्यसका लागि ३९ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कूल लागत मध्ये प्रदेशबाट ३५ लाख ८० हजार ६ सय ८९ रुपैयाँ व्यहोर्ने छ । बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपैयाँ जनसहभागिता मार्फत जुटाइने छ ।
फिल्टर प्लान्ट बनाउन प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजितको गरिएको बताउँदै सांसद् शाक्यले भन्नुभयो । सांसद् शाक्यका अनुसार प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजित गरेको छ ।
‘यसले गर्दा आउँदो आर्थिक वर्षभित्रमै फिल्टर प्लान्ट बनाइसक्ने छौं । त्यसपछि पानीको हाहाकारको समस्या समाधान हुनेछ । नजिकैको वडाहरुमा पनि पानी वितरण गर्न सकिने छ । ’ सांसद् शाक्यले भन्नुभयो। सो वडासंगै १५, १८, १९ र २० वडाहरुमा खानेपानीको समस्याका कारण स्थानीयहरुले निकै हैरानी खेप्नुपरिरहेका छन् ।
२०६५ सालमा तत्कालीन भौतिक आवास तथा निर्माण मन्त्री हिसिला यमीको पहलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दमाईचा घाटमा डिप बोरिङ गरेको थियो । ‘बोरिङको पानी प्राविधिक जाँच गर्दा आइरन र एमोनियाको मात्रा बढी देखियो । यसले गर्दा सो पानी स्वास्थ्यका हिसाबले पिउन योग्य भएन ।’ दमाईचाघाट उपभोक्ता समितिका अध्यक्ष मिलन शाहीले भन्नुभयो ।
बोरिङको पानीलाई पिउन बनाउन स्थानीयले त्यतिबेलादेखि फिल्टर प्लान्ट बनाउनुपर्ने माग राखेका थिए । समितिका उपाध्यक्ष तीर्थ महर्जनका अनुसार फिल्टर प्लान्ट बनाउन केयुकेएलका प्राविधिक टोलीले १ करोड २५ लाखको लागत अनुमान गरेको थियो ।
‘बजेटको व्यवस्था गरिदिन केयुकेएलमा धेरै पटक डेलिगेशन गएँ । त्यति धेरै बजेट बिनियोजित गर्न नसक्ने जवाफ केयुकेएलबाट आएपछि बोरिङको पानी खाने स्थानीयको इच्छा बीचमै तुहिएको थियो । ’ समितिका उपाध्यक्ष महर्जनले भन्नुभयो ।
ट्रंयाकीमा ९० हजार लिटर पानी अटाउने छ । बोरिङबाट प्रति सकेन्ड १५ लिटर र दुई घण्टाभित्र ९० हजार लिटर पानी बग्ने गर्दछ । फिल्टर प्लान्ट बनेपछि करिब ५ हजार घर परिवार लाभान्वित हुने बताइएको छ ।

यसै बिषयमा १९ वडा सरोकार मञ्चले वडा भित्र खानेपानी समस्या समाधान गर्न निर्माण गरिन लागिएको दीप बोरिङ्ग प्लान्टबात पानी वितरण गर्ने सम्बन्धि सार्वोजनिक सुनुवाई कार्येक्रम गरेको छ । कार्येक्रममा स्थानीयले पानीको गुणस्तर , मेलम्ची खानेपानी बात खानेपानी वितरण हुदा हाल निर्माण हुन लागेको प्लाटको उपयोगिता ,नागरिक समन्वय आदिका बारेमा जिज्ञासा राखेका थिए । प्रदेश सांसद शाक्यले यस किसिमको सुनुवाई कार्येक्रम नियेमित हुनु पर्नेमा जोड दिनु भयो । उहाले नयाँ बन्दै गरेको फिल्टर प्लान्टबात खानेपानी वितरणमा गुनासो सुनी समाधान गरिदै जाने बताउनु भयो । सरोकार मञ्चका सल्लाहकार मनोज नेवा: खड्गीले मेलम्ची खानेपानी वितरण पर्याप्त भएको अवस्थामा प्लान्ट बात निकालिएको पानी उपयोग हुने नहुने र सो अनुसार लागत निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो ।

Loading...