किसानका लागि वर्ड फ्लू रोग सम्वन्धी सूचना

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लू रोगबारे जनहितमा जारी सन्देश 

कर्णाली प्रदेशमा वर्ड फ्लू रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।

-अण्डा र मासुलाई राम्रोसँग पकाएर मात्र सेवन गर्ने गरौं ।

– वर्डफ्लू सक्रमित ठाउँबाट मात्र जीवित पन्छी पन्छीजन्य पदार्थ र रोग सार्न सक्ने अन्य पन्छी उत्पादन सामाग्री आयात नगरौं ।

– पन्छी तथा पन्छीजन्य पदार्थको वसार पसार गर्दा भेटेरीनरी स्वास्थ्य प्रमाण पत्र र श्रोत खोलिएको प्रमाण पत्र साथमा लिएर वसार पसार गर्ने गरौं।

– पन्छी फार्म दर्ता गरेर मात्र व्यवसायमात्र संचालन गर्ने गरौं ।

– पन्छी फार्महरुमा जैविक सुरक्षाका उपायहरु अपनाउने गरौं ।

-कुनै ठाउँमा अचानक धेरै पन्छीहरु मरेमा नजिकको गाउँपालिका र नगरपालिकामा रहेका पशु सेवा शाखा तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सम्पर्क गरौ ।

पशु स्वास्थ्य कर्मी र पशुपन्छी व्यवसायीहरुलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अनुरोध ।

  • पशुपन्छी औषधी व्यवसायीहरुले औषधी व्यवस्था विभागमा आफ्नो व्यवसाय दर्ता गरेर मात्र पशल संचालन गर्ने गरौं ।
  • मूल्य नभएका तथा औषधी व्यवस्था विभागबाट मूल्य स्वीकृत नभएका पशुपन्छी औषधी र खोपहरु विक्रि वितरण नगरौं ।
  • जन स्वास्थ्यमा हानी पुर्याउने गुणस्तरहिन पशुपन्छी औषधी र खोपको उत्पादन विक्रि वितरण निकासी पैठारी र भण्डारण तथा सेवन नगरौं नगराऔं ।
  • पशु चिकित्सकले सिफारिस गरेका औषधी एंव खोपहरु मात्र प्रयोग गरौं ।
  • पशुपन्छी औषधी र खोपको अनुचित प्रयोग नगरौं नगराऔं ।
  • पशुपन्छी औषधी खोप र किटनाशक विषादीहरुसगै भण्डारण नगरौं नगराऔं ।
Loading...