चट्याङ लागेर ४ जनाको मृत्यु

राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्।

जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे छ । सप्तरी प्रहरीले अर्का एक जना घाइते भएकाे पनि जनाएकाे छ ।

Loading...