सामाजिक संजालहरु प्रयोग गरि लाखौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । सामाजिक संजालको दुरूपयोग गरी Online को माध्यमबाट रू.४० लाख चिठ्ठा परेको छ भनि प्रलोभन पारी नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई परहरिले पक्राउ गरेको छ । अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले बिहिबार उपत्यकाका विभिन्न स्थानहरूबाट सात व्यक्तिलाई नगद सहिद पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाईएको महाशाखाले बताएको छ ।

पक्राउ पर्ने व्यक्तिहरू पुकार बर्मा, २४ वर्ष ठेगानाः जि.झापा,भद्रपुर न.पा. हाल का.जि.का.म.न.पा.वडा नं.२१ कोहिटी
नविन भण्डारी, २२ वर्ष,ठेगानाः जि.काभ्रे, सिम्थली गा.वि.स.वडा नं.०२ हाल का.जि.टेकु आकास अग्रवाल, १९ वर्ष
ठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी, एमडी सर्फराज, २२ वर्षठेगानाः सेनवरिया, पश्चिमी चम्पारण विहार, भारत, हाल का.जि.टंकेश्वर
, एस अग्रवाल, १८ वर्षठेगानाः जि.रौतहट, गौर न.पा.वडा नं.१ हाल का.जि.छाउनी
, कृष्ण प्रसाद साह, ३० वर्षठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.२९
, सुनिल साह, २० वर्षठेगानाः जि.पर्सा, विरगंज म.न.पा.वडा नं.३२ कस र्शेक्स छन् ।

तिनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट लाखौं रकम ठगी गरी पिडित बनाएको ।, पिडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चातः मानसिक रूपमा विच्छिप्त हुने गरेको ।
पिडित व्यक्तिले Lottery प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि घरबार विहिन भएको ।, ठगी गर्ने कार्यमा भारतिय गिरोह समेतको संलग्नता रहेको देखिन आएको ।, करोड भन्दा बढि रकम ठगहरूले लिईसकेको ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका बताएको छ ।

Loading...