५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए। यस्तै, पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै मृतक २३ जनामा कोरोनाभाइरस देखिएको छ।

Loading...