पर्यटन मन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेको घटनाप्रति वोर्डले माग्यो क्षमा

काठमाडौं, ८ असार । पर्यटन मन्त्री बाेल्दै गर्दा भर्चुअल मिटिङमा पाेर्न भिडियाे बजेकाे घटनाप्रति नेपाल पर्यटन बोर्डले क्षमा मागेकाे छ ।

सोमबार वाेर्डकाे आयोजनामा भर्चुअल मिटिङ गरिएकाे थियाे । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब उनी बाेल्न थाले त्यस लगत्तै एक एकाउन्टमा पाेर्न भिडियाे बजेकाे थियाे । उक्त बैठक पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएकाे थियाे ।

उक्त भिडियाे हृयाकरले बजाएकाे बताइएकाे छ । जब उक्त भिडियाे बज्याे त्यसपछि केहीबेर उक्त बैठकमा सहभागी भएकाहरु अल्लमल्ल परेका थिए । केहीबेर असामान्य परिस्थिति सिर्जना भएपछि एडमिनले उक्त एकाउन्टलाइ बन्द गरेकाे पनि बताइएकाे छ ।

साथै बाेर्डले उक्त घटना कसरी भयो भन्ने सम्बन्धमा छानविन प्रक्रिया अगाडी बढाइसकेको जनाएको छ ।

Loading...