कोरोना सक्रमितको संख्या पुग्यो ९५६१, २४ घन्टामा बढे ५३५ नयाँ संक्रमित

काठमाडौं, ८ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या ९५०० नाघेकाे छ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि याे संख्या ९५६१ पुगेको हाे ।

त्यसैगरी नेपालका ७६ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको जनाएकाे हाे । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कूल संक्रमितको संख्या ९५६१ पुग्दा २३ जनाको मृत्यु भएको छ भने २१४२ जना निकाे भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको बताइएको छ ।

Loading...