अविरल वर्षापछि मौसम पूर्वानुमान महाशाखाले गर्याे यस्तो अनुरोध

अषार ८ ,काठमाडौं । उपत्यकालगायत देशभर हल्का तथा मध्यम वर्षाकाकरण जनजीवन प्रभावित बनेको छ ।

काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली,मकवानपुर , नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा र बर्दिया आसपास क्षेत्रमा अविरल मध्यम तथा भारी बर्षा भईरहेकोले उक्त जिल्ला भित्रका साना नदि तथा खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यसै गरि प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुशार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा भारी वर्षा हुने बताएको छ ।

Loading...