युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो ।

युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए भने डानिलोको प्रहार पोस्टमाथिबाट गयो । नापोलीका लागि अर्कादिउस्ज मिलिकले विजयी गोल गरेका हुन् ।

Loading...