कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ ।

कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका हुन् ।

यस्तै नयाँ संगठन संरचना स्थापना नगर्ने र एम्बुलेन्सबाहेक सवारी साधन पनि खरिद नगर्ने बजेटमा उल्लेख छ । कर्यालय सञ्चालन, मर्मत, इन्धन, फर्निचर र विभिन्न शीर्षकको खर्चमा पनि करिव ६० प्रतिशत कटौती गरिएको छ ।

बजेटमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट छुट्याएको छ । प्रदेश अस्पतालमा २०० आइसोलेसन सेन्टर, ४० आईसीयू र २० भेन्टिलेटर बनाएइनेछ भने हरेक जिलामा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहित सघन उवचार कक्ष बनाउन बजेट छुट्याएइको छ ।

यसैगरी प्रदेश अस्पताललाई ३०० शैयाको शिक्षक अस्पताल बनाउन, राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्ने लगायतका कार्यक्रम पनि बजेटमा छ ।

प्रदेश सरकारले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएको हो । सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य उल्लेख गरिएको छ ।

Loading...