थप ४२५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौँ  । नेपालमा ४२५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्‍न जिल्लामा गरी ४२५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार संक्रमितमध्ये ३७५ पुरुष ५० महिला छन् ।

संक्रमित हुनेमा मोरङका २५ सुनसरी १, झापा १, सप्तरीका १०, पर्साका १७, बारा ९ लगायत छन् ।

Loading...