रंगभेद विरोधी आन्दोलनमा फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप

एजेन्सी । फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा प्रदर्शन भएको हो । प्रहरीले अश्रु ग्यासको प्रयोग गरेको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । फ्रेन्च प्रहरी हाल कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिने प्रयासमा थियो ।

अमेरिकामा जर्ज फ्लोइडको निधनपछि सुरु भएको रंगभेदी आन्दोलन ब्ल्याक लाइफ म्याटर्स अन्तर्गत नै फ्रान्समा पनि प्रदर्शन भइरहेको हो ।

प्रदर्शनकारीले सन् २०१६ मा प्रहरी हिरासतमै मारिएका फ्रान्सेली अश्वेत व्यक्ति एडम ट्राओरीका लागि न्यायको माग गरेका थिए ।

शनिबार अपराहन्न झण्डै १५ हजार प्रदर्शनकारी मध्य पेरिसमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नो जस्टिस, नो पिस’ को नारा लगाए । केहीबेरमा अवस्था तनावग्रस्त भएको हो ।

Loading...