क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गाेल गर्न चुके

काठमाडाैं । रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्।

शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानले गोल रहित बराबरी खेले । पहिलो लेगमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए ।

बराबरी भए पनि अवे गोलका आधारमा युभेन्टस फाइनलमा पुगेको हो । घरेलु मैदानमा गोल गर्न नसके पनि युभेन्टसका लागि पहिलो लेगमा एसी मिलानको मैदान गरेको गोल काम लाग्यो । पहिलो लेग गएको फेब्रुअरी १३ मा भएको थियो ।

युभेन्टसको मैदानमा शुक्रबार राति भएको दोस्रो लेगमा मिलानमा एन्ट रिबिकको ह्याण्डबलका कारण पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन् । ह्याण्डबल गरेका रिबिक सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । रोनाल्डो पेनाल्टीमा चुके । तर पनि युभेन्टस फाइनलमा पुग्यो ।

Loading...