न्युरोड क्षेत्रमा पसल ब्यबसाय खोल्ने ब्यापारी र प्रहरी बीच तनाब

जेष्ठ २७ ,काठमाडौँ। लामो लकडाउनले अर्थ तन्त्र धान्नै मुस्किल भन्दै लकडाउनको बाबजुत पसल खोलेका ब्यापारीलाइ प्रहरीले बन्द गरउन खोज्दा बिहानै न्युरोड रञ्जना क्षेत्रमा तनाव भएको छ ।
सरकारले कोरना संक्रमण बिरुद्द न्युनतम सुरक्षा बिधि अपनाएर बजार खोल्न दिनुपर्ने ब्यापरीहरुको माग छ। मुख्य व्यापारिक यस क्षेत्र वरपर दिनहु जसो पसल ब्यबसाय खोल्ने क्रम बढ्ने क्रम रहेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव सृजना भएको बताए ।

तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ महानगर पालिका २२ वडा विपद ब्यबस्थापन समितिका सदस्य टोलि सहित समुहले खुलेका पसल ब्यबसाय बन्द गएको छ। प्रहरीले आफुहरु संग समन्वय गरेर मात्र बजार खोल्न आग्रह गरेका छन्।

तनावपछि व्यापारी र प्रहरीबीच भएको छलफलका क्रममा दुई दिनसम्म पसल बन्द गर्ने र त्यसपछि समझदारीका आधारमा अघि बढ्ने सहमति भएको प्रहरीले जनाएको छ ।  

पसल खोल्न आएका ब्यापारीले भने ” घरपतिको घर बहाल कसरि तिर्ने फोन गरेगारे छ , बैकबाट ब्यबसाय ऋण थपेको थपे छ ,सरकार कर तिर्न भनेको छ , लामो बन्दले धेरै ब्यापारी पलाएंनको अवस्था पुगिसक्यो न सरकारले चासो लिएको छ।”

 

फोटो सौजन्य – मनोज सायमी

Loading...