कोरोनाका कारण सुर्खेतमा २८ वर्षीय युवकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण एक २८ वर्षीय युवकको ज्यान गएको छ । उनको मृत्यु सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्याका अनुसार सुर्खेत पञ्चपुरीकाका मृतक जेठ ८ गते भारत बाट आएका थिए ।

भारतबाट आएपछि उनी स्थानीय क्यारेन्टाइनमा १४ दिन बसेका थिए । आरडिटि रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधवार मात्र क्वारेन्टाइन बाट घर पठाइएको थियो ।

कुनै संक्रमणको लक्षण नदेखिएका उनको जेठ २२ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Loading...