थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

१ नम्बर प्रदेशमा २४२, २ नम्बर प्रदेशमा ९९३, बाग्मति प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५७, ५ नम्बर प्रदेशमा ९६५, कर्णली प्रदेशमा ४७९ र कणाली प्रदेशमा ९१ गरी कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । यस्तै मुलुकका ६८ जिल्लामा संक्रमित देखिएका डा. देवकोटाले जानकारी दिए ।
 

Loading...