विदेशबाट उद्धार गरिएकालाई राख्ने भनिएका होटेल क्वारेन्टाइन सबै काठमाडौ बाहिर

काठमाडौँ । सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ। त्यसरी अाउनेमध्ये २ किसिमका क्वारेन्टाइनमा राख्न सकिने सरकारले तयारी गरेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाइ राख्न विभिन्न ठाउँमा क्वारेन्टाइनकाे तयारी पनि गरेकाे छ भने यदि कसैले ती क्वारेन्टाइनमा नबसेर हाेटल क्वारेन्टाइनमा बस्न चाहेमा त्यसकाे तयारी पनि गरिएकाे छ । तर, हाेटल क्वारेन्टाइनमा बस्ने व्यक्तिले अाफै पैसा तिर्नुपर्नेछ । पैसा तिर्न नसक्नेहरुले भने सरकारले बनाएका प्रादेशिक वा स्थानीय निकायमा बनाइएका क्वारेन्टाइनमा राखिने बताइएकाे छ ।

पहिलो चरणमा आउन लागेका नेपालीहरुका लागि होटलमा बस्न चाहनेका हकमा विभिन्न पाँच स्थान तोकेर त्यहाँका होटलहरुको व्यवस्था गरिएको छ। सरकारले होटलमा बस्न चाहनेहरुका लागि नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा शशुल्क क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

होटेल एसोसिएसन अफ नेपालका अनुसार पोखरामा तीन हजार, चीतवनमा ५५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी चार हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।

शुक्रबार म्यानमारबाट २६ जना र यूएईबाट एक सय ६८ जना नेपाली स्वदेश फर्कँदैछन् । म्यानमारबाट फर्कने सबै २६ जनाको भने उतै पीसीआर परीक्षण भएकोले उनीहरु होम क्वारेन्टाइनमा बस्ने छन् ।

सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने योजना बनाएकाे छ । तीमध्ये केहीलाई रोजगारदाता देशले नै नेपाल फर्काउँदैछन्।

Loading...