कर्णाली प्रदेशमा संक्रमितको संख्या पुग्यो ३८९

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उनले बताए। त्यस्तै दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका सात, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन्।

यससँगै कर्णालीमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

Loading...