हङकङका विषयमा नेपालले चीनको पक्ष लियो

काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्‍याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ ।

चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न अंग भएकाले शान्ति सुव्यवस्था कामय गर्न लिइने पहलको समर्थन गरेको हो ।

मन्त्राललयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–शान्ति,कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको विश्वास गर्दैन र हङकङमा कानुन सुव्यवस्था कायम गर्नका लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

अमेरिकासहित पश्चिमा मुलुकले चीनले हङकङमा गरेको प्रशासनिक कारबाहीको विरोध गरिरहेका बेला नेपालको यस्तो धारणा आएको हो ।

Loading...