कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७

आइतवार थप १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थपिएका संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका जानकारी दिएका छन् । उनले नियमित पक्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । हालसम्म १ हजार ४ सय ५० पुरुष र १सय १७ महिलामा कोरोना पुष्टि भएको छ। संक्रमित संख्याका आधारमा प्रदेश २ सबैभन्दा माथि छ । यहाँ ६२४ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम २३ जना रहेका छन् ।

संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ भने २२० जना संक्रमित सन्चो भै डिस्चार्ज भएका बताइएको छ ।

Loading...