विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्।

अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन्। अमेरिकामै मृत्यु हुनेको संख्या पनि बढी रहेको छ। हालसम्म अमेरिकामा १ लाख ३ हजार ७५८ ले ज्यान गुमाएका छन्।

यसैगरी ब्राजिलमा ५ लाख बराबर संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० संक्रमित भेटिएका हुन्। जसमध्ये २ लाख ८९२ ले स्वास्थ्यलाभ प्राप्त गरेका छन् भने २८ हजार ८३४ को ज्यान गएको छ।

ब्राजिलपछि रुसमा धेरै संक्रमित देखिएका छन्। हालसम्म रुसमा ३ लाख ९६ हजार ५७५ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ४ हजार ५५५ को मृत्यु भएको छ भने १ लाख ६७ हजार ४६९ निको भएका छन्।

पछिल्लो समय संक्रमण दर घटेको बेलायतमा हालसम्म २ लाख ७४ हजार २१९ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ हजार १७३ निको भएका छन् भने ३८ हजार ४५८ ले ज्यान गुमाएका छन्।

गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म १८८ देश प्रभावित भइसकेका छन्। यी देशमा हालसम्म ३ लाख ६८ हजार ७११ को ज्यान गइसकेको छ।

यस्ताे छ सबैभन्दा बढी संक्रमित हुने १० देशको तथ्याङ्क

अमेरिका
संक्रमित: १७,६९,७७६
मृत्यु: १,०३,७५८
निको: ४,१६,४६१

ब्राजिल
संक्रमित: ४,९८,४४०
मृत्यु: २८,८३४
निको: २,००,८९२

रुस
संक्रमित: ३,९६,५७५
मृत्यु: ४,५५५
निको: १,६७,४६९

बेलायत
संक्रमित: २,७४,२१९
मृत्यु: ३८,४५८
निको: १,१७३

स्पेन
संक्रमित: २,३९,२२८
मृत्यु: २७,१२५
निको: १,५०,३७६

इटाली
संक्रमित: २,३२,६६४
मृत्यु: ३३,३४०
निको: १,५५,६३३

फ्रान्स
संक्रमित: १,८८,७५२
मृत्यु: २८,७७४
निको: ६८,३८६

जर्मनी
संक्रमित: १,८३,१८९
मृत्यु: ८,५३०
निको: १,६४,९०८

भारत
संक्रमित: १,८१,८२७
मृत्यु: ५,१८५
निको: ८६,९३६

टर्की
संक्रमित: १,६३,१०३
मृत्यु: ४,५१५
निको: १,२६,९८४

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

Loading...