लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे ।

मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गरिने र जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्ने बताए ।

साथै उनले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म नै बन्द गर्ने निर्णय गरेको जानकारी दिए । त्यसैगरी सरकारले दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने निर्णय गरेकाे छ ।

यसैबीच मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ ।

Loading...