रोनाल्डो र मेसीभन्दा बढी कमाउने खेलाडीको सूचीमा परे रोजर फेडेरर

एजेन्सी । विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् ।

फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई पछि पारेका हुन् ।

३८ वर्षका फेडेरर ८६.२ मिलियन पाउण्ड आय गरेर गएको वर्ष भन्दा चार स्थानमा माथि उक्लिएका हुन् । उनले गएको वर्ष झण्डै ८१ मिलियन पाउण्ड आय गरेका थिए ।

सूचिको दोस्रो नम्बरमा ८५ मिलियन पाउण्डसहित युभेन्टसका क्रिष्टियानो रोनाल्डो, तेस्रो स्थानमा बार्सिलोनाका लियोनल मेस्सी ८४ मिलियन पाउण्डसहित तथा चौथो स्थानमा ७७.५ मिलियन पाउण्डसहित पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार रहेका छन् ।

अमेरिकी बास्केट बल खेलाडी लिब्रोन जेम्स ७१.५ मिलियन पाउण्डसहित पाचौँ स्थानमा रहेका छन्। बक्सर टाइसन फुरी ४६.२ मिलियन आयसहित ११ औँ स्थानमा रहेका छन् ।

समग्रमा २९ स्थानमा रहेकी टेनिस खेलाडी नाओमी ओशाका महिला तर्फ धेरै आय गर्ने खेलाडी हुन्।

Loading...