सशस्त्रको अस्पतालमा नेपाली सेनाका कर्णेलले जिते कोरोना

नेपाली सेनाकाे मध्य पुर्वी पृतनाका पृतनापति समेत रहेका उपरथी सुरेस कुमार कार्कीले कोरोना भाइरस(काेभिड १९)माथि विजय प्राप्त गरेका छन् । तीन पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएपछि उपरथी कार्की १२ दिन अघि बलम्वुस्थित सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनीसंगै उनको पृतनाका एक चिकित्सक समेत संक्रमित भै अस्पताल भर्ना भएकोमा शुक्रबार निको भै दुबैजना डिस्चार्ज भएका छन् । पछिल्ला तीन पटक नै रिपोर्ट नेगटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल श्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीको मेडिकल टोली उनीहरुको उपचारमा खटिएका थियो । शुक्रबार अस्पतालका प्रमुख तथा चिकित्सकहरुको टोलीले उनीहरुलाई बिदाइ गर्दा उपरथी कार्कीले सशस्त्रप्रति आभार प्रकट गरेका थिए । सरकारले सशस्त्रको अस्पताललाई पूरै कोभिड विशेष अस्पतालमा रुपान्तरण गरेपछि सशस्त्रको मेडिकल टोली कोभिड १९ को उपचारमा अहोरात्र लागिपरेको छ ।

Loading...