एकैदिन थपिए ११४ संक्रमित, संक्रमित हुनेको संख्या ८८६

नेपालमा एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार विभिन्न जिल्लामा गरी यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च वृद्धि हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा‍‍‍‍ विकास देवकोटाले ११४ संक्रमित थपिएको पुष्टि गरे । यस संगै संक्रमित हुनेको संख्या ८८६ पुगेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार आज थपिएका सबै संक्रमित विभिन्न क्वारेन्टाइनमा रहेका थिए ।

झापा, सप्तरी, रौतहट, मकवानपुर, बाके बाग्लुङ्ग लगायतका जिल्लामा आज संक्रमित थपिएका हुन् ।

भारतले रेल सेवा सुचारु गरी प्रवासी नेपाली लाई सीमामा ल्याई छोडेसंगै भारत बाट नेपाल प्रवेश गर्नेको दर बढेको छ । यस संगै कोरोनाको वृद्धिदर पनि बढेको बताएइको छ ।

हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ। कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ रहेको छ भने १८३ निको भएर डिस्चार्जभै घर फर्की सकेका छन् ।

प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, वागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा ३ सय ६५ ,कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अवस्था छ।

Loading...