कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको  छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए ।

वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकाे थियाे । तर उनकाे अस्पताल लैजाने क्रममै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले गएराति करिब १२ बजे ५८ वर्षीय रानाको मृत्यु भएको जानकारी दिए । पाैडेलले अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए । 

अस्पतालले वडाअध्यक्ष रानामा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने तयारी गरेको छ । 

Loading...