संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

संसदको बैठक यही जेठ १३ गते बस्नेछ । सम्भवत संसदमा १३ गते यस विषयमा निर्णय हुने बताइएको छ ।

 

Loading...