थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

अधिकारीकाअनुसार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी र धरान उप-महानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना जित्‍नेको संख्या ४५ पुगेको छ। २ जनाको मृत्यु भएको छ।

Loading...