जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ।सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

Loading...