नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे । 

शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि मन्त्रालयले शनिबार नै बर्दिया गुलरियाकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि मन्त्रालयले बर्दियाकी महिलाको ठेगाना नार्खु भने पनि त्यहाँको स्वास्थ्य कार्यालयले भने गुलरिया नगरपालिका ११ लालपुरकी महिला भएको बताएको छ ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना सं‌क्रमण पुष्टि भएको थियो ।

Loading...