सेनाका मध्यपूर्वी पृतनापति उपरथी नै कोरोना संक्रमित

काठमाडौं, ३ जेठ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । तर, उनकाे अवस्थाका बारेमा अाधिकारिक जानकारी भने दिइएकाे छैन ।

स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तिनै व्यक्ति नेपाली सेनाका मध्यपृतनाका प्रमुख भएकाे थाहा भएकाे छ । मन्त्रालयले काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र र ५२ वर्षीय महाेत्तरीका पुरुषमा काेराेनाकाे संक्रमण भएकाे पुष्टि भएकाे बताएकाे थियाे । स्राेतका अनुसार उनीहरु दुबैजना नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत सैनिक हुन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि उनीहरु संक्रमितहरु दुबै जना नेपाली सेनाकाे मध्यपूर्वी पृतनामा कार्यरत व्यक्ति रहेकाे बताएका छन् । तर उनले पनि संक्रमितहरुकाे दर्जाबारे केही खुलाउन चाहेका छैनन ।

नेपाली सेनाकाे मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । महाेत्तरी बर्दिवासको किशान नगरमा रहेकाे पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।

Loading...