कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । 

एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो ।

अस्पतालका गेटमा ल्याइपुर्याउँदा न गम्भीर रहेको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले बताए । तत्काल श्वासप्रश्वास यन्त्र जडान गरिएर बचाउँन कोसिन गरेपनि नसकिएको अस्पतालले जनाएको छ ।

त्यसपछि शुक्रबार उनको आरडिटी र पछि पिसिआरसमेत गरिएको थियो । दुबै रिपोर्ट पोजेटिभ आएपछि सो रिपोर्टसहित थप परीक्षणका लागि नमूना टेकु प्रयोगशालामा पठाइएको छ ।

Loading...