काठमाडौं र भक्तपुर गरी एकै दिन ८३ जना संक्रमित भेटिएपछि कोरोनाका संक्रमित पुगे २१७

काठमाडौं, ३० बैशाख । पछिल्लाे समय राजधानीभित्र पनि काेराेनाका संक्रमित फेला पर्न थालेका छन् । मंगलबार राजधानीमा २ जना संक्रमित भेटिएका छन् । काठमाडाैंमा ३३ वर्षीय महिला र भक्तपुरमा २५ वर्षीय महिलामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार मात्रै ८३ जना संक्रमित फेला परेपछि याे संख्या बढेर २१७ पुगेकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।

Loading...