कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फुटबल टिमका पूरै खेलाडी आइसोलेशनमा

एजेन्सी । जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र कोचिङ्ग स्टाफलाई आइसोलेशनमा राखिएको छ ।

दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई हप्ते आइसोलेशनमा राखिएको हो ।

कोरोना भाइरसको महामारीबाट बौरिँदै गएपछि जनजीवन सामान्य तर्फ फर्किने क्रममा जर्मनीका खेल गतिविधिहरु पनि सुरु हुने तयारी छ ।

बुण्डेस लिगा तथा बुण्डेस लिगा टू यहि महिना सुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेलहरु मे १६ देखि सुरु हुने गरी तालिका सार्वजनिक भएको छ ।

तर डाइनामोले आफ्ना खेलाडी आइसोलेशनमा राखिएको बताउँदै भनेको छ, ‘तथ्य यहि हो कि हामी आउँदो १४ दिन न प्रशिक्षण गर्न सक्ने छौँ न त खेलमा नै सहभागी हुन पाउने छौँ ।’

गएको बिहीबार जर्मन फुटबल एसोसिएशन (डिएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै सुरु गर्ने पाउने घोषणा गरेको थियो ।

बन्द रंगशालामा हुने खेलका लागि हरेक खेलाडीको कोभिड–१९ परीक्षण अनिवार्य गरिएको थियो । खेलको दिनमा खेलाडी, कर्मचारी तथा खेल पदाधिकारी गरी गरिब ३०० जना रंगशालामा उपस्थित हुने छन् ।

Loading...