जिल्ला वन अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोट डिभिजन वन कार्यालयका दशौं तहका अधिकृत घुससहित रंगे हात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत जयमंगल प्रसादलाई कार्यालयबाटै एक लाख घुससहित शनिबार पक्राउ गरेको हो।

उनले वनको काठको ठेक्का मिलाइदिने भन्दै घुस मागेपछि आयोगबाट खटिएको टोलीले लकडाउनकै अवधिमा पनि नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Loading...