जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्।

शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका आधारमा राजीनामा दिएर आराम गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्रीका पछिल्ला गतिधि लोकतन्त्र विरोधी र नैतिकतामाथि प्रश्न उठ्ने खालका भएकाले राजीनामा दिनु उपयुक्त हुने भट्टराईको सुझाव छ।

उनले संसदमा भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम दिनुहोस्। राजीनामा दिनुहोस् तपाईंले पाएको उचाइ जोगिन्छ। देशले पनि निकास पाउँछ।’

उनले नेकपाभित्र संकेत गर्दै कोही पनि पूर्वप्रधानमन्त्रीहरु फेरि प्रधानमन्त्रीको आकांक्षी बन्न नहुने बताए। ‘हामी पूर्वप्रधानमन्त्रीहरु कोही पनि आकांक्षा नदेखाऊ। ६५ वर्ष उमेर कटेकाले पुस्तान्तरण गरौं।’

‘यसले नै देशलाई विकासमा पुर्‍याउँछ,’ भट्टराईले भने। उनले आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवलको अपहरण प्रधानमन्त्रीकै संरक्षणमा भएको आरोप लगाउँदै दोषीमाथि कारबाही गर्न माग गरे।

अपहरणको उजुरी नलिन राज्यका संयन्त्रलाई आतंकित पाएको आरोप लगाए। भट्टराईले भने, ‘अपहरणको उजुरी लिएर म आफैं जाँदा पनि दर्ता भएन। किन गर्नुहुन्न भन्दा गर्दिन कानुन बमोजम गर्नुहोस् भन्ने जवाफ आउँछ। यसले राज्य संयन्त्रलाई कति आतंकति पारेको रहेको प्रष्ट भयो।’

भट्टराईले कोरोनाबाट दोस्रो विश्वयुद्ध पछिकै ठूलो क्षति पुगेको दाबी गर्दै अर्थतन्त्र जोगाउन ठोस योजना ल्याउन सुझाव दिए।

उनले भने, ‘अबको अर्थतन्त्र दोस्रो विश्वयुद्ध पछिको ठूलो संकट आएको छ। बेलायतमा ३०० वर्ष यताकै अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ। यो अधिवेशनमा खिचातानी नगरौं। एमसिसी पास भएको छैन। कालापानी मिचेर मार्ग खोल्ने काम भएको छ। यस्ता विषयमा एउटै आवाज बोलौं।’

भट्टराई अब एसईई परीक्षा लिन आवश्यक नभएको उल्लेख गरे। उनले माध्यामक तह कक्षा १२ सम्म पुर्याएकाले विद्यार्थीलाई तनाव दिने गरी एसईईको लिनु उचित नहुने बताए।

Loading...