लकडाउन खुकुलो, काठमाडौँका सडकमा सवारी आवागमन बढे

काठमाडौं, २६ बैशाख ।  काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट राजधानीका सडकमा सवारी अावागमन बढेका छन् । 

सरकारले लकडाउन थप गर्दै जेठ ५ गतेसम्म पुर्याए पनि अावागमन भने खुकुलाे भएकाे छ । यसअघि सुनसान देखिएकाे काठमाडौँ उपत्यकाका सडक शुक्रबार भने अावागमन बढेपछि धेरैले लकडाउन खुलेकाे हाे कि भन्ने ठानेका थिए । 

मन्त्रिपरिषदले यातायात, बजार, शिक्षण संस्था, सिनेमाहल जस्ता धेरै भिड जम्मा हुनसक्ने क्षेत्रबाहेक उद्याेग, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न ४२ क्षेत्रलाइ तोकिएको स्थानमा खोल्न सकिने निर्णय गरेपछि लकडाउन खुकुलो भएको हो ।  सरकारले केही क्षेत्रहरु खाेलेपछि त्यसले अावागमन बढेकाे बताइएकाे छ ।

तर, स्वास्थ्य विज्ञहरुले यसले फेरि समस्या पार्न सक्ने बताएका छन् । देशमा काेराेनाका संक्रमितकाे संख्या बढिरहेका बेला उपत्यकामा यसरी लकडाउन पनि गर्ने र खुकुलाे पनि बनाउँदा लकडाउनकाे कुनै अर्थ नहुने विज्ञहरुले बताएका छन् । 

 

 

 

 

थाैं बैशाख २६ गते त्रिपुरेश्वर निसें सुन्धारा तक

नीलः भाजु ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 8, 2020

Loading...