विश्वचर्चित अभिनेता टम क्रुजले अन्तरीक्षमा पहिलो फिल्म सुटिङ गर्दै

एजेन्सी । हलिउड अभिनेता टम क्रुजले नासासँगको सहकार्यमा अन्तरीक्षमा पहिलो फिल्म छायांकन गर्ने भएका छन्। अन्तरीक्षस्थित इन्टरनेसनल स्पेस स्टेसनमा सो फिल्मको सुटिङ हुनेछ।

त्यसका लागि क्रुज अन्तरीक्ष यात्रामै जाने छन् या छैनन्, स्पष्ट छैन। फिल्मका बारेमा कुनै जानकारी दिइएको छैन। तथाप सो फिल्म मिसन इम्पोसिबलको नयाँ शृंखला भने हुने छैन।

‘स्पेस स्टेसनमा एउटा फिल्मका लागि टम क्रुजसँग काम गर्न पाउँदा नासा उत्साहित छ,’ नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनले ट्विटरमा लेखेका छन्। एलन मस्कको स्पेस एक्स पनि यो काममा संलग्न हुनेछ।

क्रुज सन् २०१३ को फिल्म अब्लिभियनमा अन्तरीक्षयात्रीको भूमिकामा देखिएका थिए।

Loading...