राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।

तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खाेजेपछि झडप भएकाे प्रहरीले जनाएकाे छ ।

झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरेले हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।

स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै विरोध जनाएका थिए । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

Loading...